Logo

सन्दिपको उत्कृष्ट प्रर्दशनका बावजुत पनि कर्नाटकाको हार

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०९:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध कर्नाटका टस्कर्सले पहिलो हार ब्योहोरेको छ । आज भएको खेलमा कर्नाटका बंगला टाईगर्ससंग ५ विकेटले पराजित भएको हो । १ सय १५ रनको उच्च चुनौती बंगलाले ७ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा आन्द्रे फ्लेचरले सर्बाधिक ४० रन बनाए । क्रिस मोरिसले २८ रनको योगदान गरे । कर्नाटकाका सन्दिप लामिछानेले आफ्नो स्पेलमा मात्र ९ रन खर्चेर २ विकेट लिए । उनकै ओभरमा एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा टस जितेको बंगलाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्नाटकाले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय १४ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि जोनसन कार्लेसले ५७ र कप्तान हासिम अम्लाले रन बनाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?