
काठमाण्डौ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्सले पहिलो जित हात पारेको छ । आज भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराउदै बार्बाडोसले दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।
बार्बाडोसले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६८ रनमात्र बनाउन सक्यो । बार्बाडोसका सन्दिपले उत्कृष्ट बलिङ गर्दै महत्वपुर्ण ३ विकेट चटकाएपछि टोलीको जित संभव भएको हो । आफ्नो स्पेलमा उनले मात्र २२ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिए । सन्दिपले आफ्नो पुर्ब क्लबका लउरी ईभान्स, समार्स ब्रुकस र कप्तान कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
यो जितले बार्बाडोसलाई तालिकाको चौथो स्थानमा पुर्याएको छ ।
