Logo

संकटाबिरुद्ध पुलिसको संर्घषपुर्ण जित, सुमन लामाले गरे दुबै गोल

ई-खेलकुद २०७६ पुस १६ , बुधबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल पुलिसले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउदै पुलिस तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसलाई जिताउन दुबै गोल सुमन लामाले गरे । संकटाका अमित तामाङले सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलमा खेलको १५ औ मिनेटमा सुमनले पुलिसको खाता खोलेका थिए । १८ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई अमित तामाङले जाली चुमाउदै संकटालाई खेलमा फर्काएका थिए । ३३ औ मिनेटमा सुमनले ब्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै पुलिसले २–१ को अग्रता बनाएको थियो । निक्कै रोमाञ्चक बनेको दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बनेको हो ।
४ खेलबाट ४ अंक जोडेको संकटा भने तालिकाको १० औ स्थानमा यथावत छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?