Logo

श्रीलंकाबिरुद्ध टस जितेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ भदौ २० , शुक्रबार ०९:०९ मा प्रकाशित

एजेन्सी । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगितामा नेपालले आज आयोजक श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाल र श्रीलंकाबिचको खेल केहिबेरमा सुरु हुनेछ । खेलमा टस जितेको नेपालले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पहिलो खेलबाटै सुखद सुरुवात गर्ने योजनामा दुबै टोली रहदा, घरेलु टोलीबिरुद्ध नेपाल केहि दबावमा हुनेछ । तथापी टेष्ट राष्ट्रबिरुद्धको खेलमा अर्को किर्तिमान बनाउने अवसर पनि नेपाली टोलीसामु रहेको छ ।
नेपाल र श्रीलंकाबिच यसअघि ५ पटक भेट भईसकेको छ । जसमा सबै खेलमा श्रीलंका हाबी हुदै आएको छ । पछिल्लो भेटमा भने नेपालले श्रीलंकालाई बलियो चुनौती पेश गरेको थियो । पछिल्लो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको श्रीलंका, घरेलु मैदान र दर्शकको साथमा केहि हौसिएको छ ।
आजै समुह बी अन्तरर्गत बंगलादेश र युएईबिच पनि प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा जित निकाल्दै भारत र अफगानिस्तानले प्रतियोगितामा सुखद सुरुवात गरेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?