
एजेन्सी । श्रीलंकाबिरुद्धको वन डे सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा गएराती ५ विकेटको जित निकाल्दै पाकिस्तानले ३ म्याचको सिरिज २–० ले जितेको हो । बर्षाका कारण पहिलो खेल रद्द भएको थियो ।
कराँचीमा श्रीलंकाले दिएको २ सय ९८ रनको चुनौती पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टायो । पाकिस्तानको जितमा फाकर जमानले ७६, अमिद अलीले ७४ र ह्यारिस सोहिलले ५६ रनको योगदान गरे ।
श्रीलंकाका नुआन प्रदिपले २ तथा लाहिरु कुमारा, वानिन्दु डि सिल्भा र सेहान जयसुर्याले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ९७ रनको उच्च योगफल तयार पारेको थियो । दानुष्का गुणतिलकाले १ सय ३३ रन बनाएको ईनिङसमा दासुन शनाकाले ४३ रन बनाए ।
पाकिस्तान भ्रमणका क्रममा यी २ राष्ट्रबिच ३ म्याचको टि–२० सिरिज पनि हुनेछ ।
