Logo

श्रीलंकाबिरुद्धको दोस्रो वन डे क्रिकेटमा पाकिस्तान विजयी

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०९:१० मा प्रकाशित

एजेन्सी । श्रीलंकाबिरुद्धको दोस्रो वन डे क्रिकेटमा घरेलु टोली पाकिस्तान बिजयी भएको छ । भ्रमणकारी टोलीलाई ६७ रनले हराउदै पाकिस्तानले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । यी २ राष्ट्रबिचको पहिलो वन डे बर्षाका कारण रद्द भएको थियो । कराँचीस्थित नेशनल स्टेडियममा ३ सय ६ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको श्रीलंका ४६ दशमलव ५ ओभरमा २ सय ३८ रनमा समेटियो । सेहान जयसुर्याले ९६ र दासुन शनाकाले ६८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । वानिन्दु डि सिल्भाले ३० रन बनाए ।
पाकिस्तानका उस्मान सिनवारीले ५ तथा सदाब खानले २ विकेट लिए । वहाव रियाज, ईमाद वासिम र महम्मद अमिरले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ५ रनको उच्च योगफल तयार पारेको थियो । बाबर अजामले १ सय १५ रन बनाएको पाकिस्तानको ईनिङसमा फाकर जमानले ५४ र ह्यारीस सोहिलले ४० रनको योगदान गरे ।
यी २ राष्ट्रबिचको तेस्रो तथा निर्णायक वन डे क्रिकेट भोली कराँचीमा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?