Logo

श्रीलंकाबिरुद्धको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०६:०९ मा प्रकाशित

एजेन्सी । श्रीलंकाबिरुद्धको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । गएराती भएको खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै न्युजिल्याण्डले ३ म्याचको सिरिजमा २–० को अग्रता बनाएको हो । श्रीलंकाले दिएको १ सय ६२ रनको चुनौती किबिज टोलीले २ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । कोलिन डि ग्राण्ड होमले सर्बाधिक ५९ रनको योगदान गरेको ईनिङसमा टम ब्रुसले ५३ रनको योगदान गरे । मात्र २ बल खेलेका मिचेल सान्टनरले अबिजित १० रन बनाउदै टोलीलाई जितसम्म पुर्याए ।
श्रीलंकाका अकिला धनाञ्जयले ३ तथा ईश्रु उडाना र वानिन्दु डि सिल्भाले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनको मध्यम योगफल तयार पारेको थियो । निरोशन डिक्वेल्लाले सर्बाधिक ३९ रन बनाएको श्रीलंकन ईनिङसमा आभिस्का फर्नाण्डोले ३७ रन बनाए । कुशल मेण्डिसले २६ रन जोडे । न्युजिल्याण्डका सेठ रेन्सले ३ तथा टिम साउथी र स्कट कुग्लेजिनले समान २ विकेट लिए ।
यी दुई राष्ट्रबिचको तेस्रो तथा अन्तिम टी–२० शनिबार केण्डिमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?