Logo

श्रीलंकाबिरुद्धको टी–२० सिरिज अष्ट्रेलियाद्धारा क्लिनस्वीप

ई-खेलकुद २०७६ कात्तिक १५ , शुक्रबार ०५:११ मा प्रकाशित

एजेन्सी । श्रीलंकाबिरुद्धको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी–२० मा भ्रमणकारी टोलीलाई ७ विकेटले हराउदै कंगारु टोलीले ३ म्याचको सिरिज क्लिनस्वीप गरेको हो ।
मेलवर्नमा श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १४ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा डेभिड वार्ननले अविजित ५७, कप्तान एरोन फिन्चले ३७ र स्टेभन स्मिथले १३ रनको योगदान गरे । आस्टोन टुर्नर २२ रनमा नटआउट रहे । श्रीलंकाका लासिथ मालिंगा, नुआन प्रदिप र लाहिरु कुमारले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पारेको थियो । कुसल परेराले ५७ रन बनाएको ईनिङसमा अभिष्का फ्रर्नान्डोले २०, कुशल मेन्डिसले १३ र शेहान जयसूर्याले १२ रन बनाए । भानुका राजपक्षे १७ र कप्तान लासिथा मलिङ्गा ८ रनमा अविजित रहे । अष्ट्रेलियाका केन रिचर्ड्सन, प्याट कमिन्स र मिचेल स्टार्कले समान २ विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?