Logo

शैली फेरिदै गएको नेपाली फुटबल……

ई-खेलकुद २०७८ जेठ २१ , शुक्रबार १०:०६ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीको शैली र स्वाभाव रक्षात्मक खेल खेल्दै अवसरमा मात्र विपक्षीको पोष्टसम्म पुग्ने थियो । तर एकाएक नेपाली टोलीको त्यो शैली फेरिएको छ । टोलीको प्रशिक्षणमा अब्दुल्लाह अलमुताईरीको आगामनसंगै नेपाली फुटबलमा नाटकिय परिवर्तन देखा परेको छ । हुन त अलमुताईरीको प्रशिक्षणमा नेपालले २ खेल मात्र खेलेको छ । तर दुबै खेलमा नेपाली खेलाडीमा देखिएको आत्मबिश्वास र विपक्षीको पोष्टमा गरेको आक्रमणले टोलीको मनोबल उच्च रहेको स्पष्ट पारिदिएको छ ।
आक्रामक फुटबल खेल्ने परम्परको जग बसाउन अलमुताईरीले गरेको प्रयास तथा युवा खेलाडीले त्यसमा गरेको मेहनतले समग्र नेपाली फुटबलप्रेमी निक्कै खुसी देखिएका छन् । नतिजा जेसुकै भएपनि नेपाली टोलीमा आएको शैलीगत परिवर्तनले आगामी भविश्यका लागि सकारात्मक संकेत दिईरहेको छ ।
टोलीको जिममेबारी सम्हालेलगत्तै विश्वकप र एसीयन कपको छनोटका लागि अलमुताईरीले टोलीको घोषणा गर्दा धेरैको मनमा आशंका उब्जीएको थियो । अनुभवी र सिनियर खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय टोलीको घोषणा गर्दै गर्दा उनले युवा र क्षमता देखेका खेलाडीलाई टोलीमा स्थान दिए । तर तीनै खेलाडी बिपक्षीबिरुद्ध मैदान उत्रदा त्यो आशंका मेट्न सफल भए ।
कठिन समिकरणमा रहेको नेपालले विश्वकप छनोटमा अघि बढ्न सक्ने अवस्था त छैन, यद्यपी एसीयन कपको तेस्रो चरण र त्यसपछिका प्रतियोगीताका लागि एउटा सुन्दर मार्गचित्र भने तय भएको छ । आफ्नो परम्परागत स्वाभावबाट आधुनिक फुटबलको युगमा नेपाली खेलाडीले पाईला अघि सारेका छन् । भोलीका दिनमा नेपाली फुटबलमा थप चुनौती अवश्यपनि रहेका छन, तर अहिलेबाटै खेलाडीमा भरिने आत्मबिश्वास र अनुभवले त्यसलाई सहजै परास्त गर्ने सकिने आंकलन गरिएको छ ।
आफ्नो पुरानै शैलीबाट अक्रामक फुटबलको दिशामा अघि बढाउदै नेपालले उच्चकोटीको संभावनालाई जिवन्त राखेको छ । टोलीको प्रशिक्षक सम्हालेका अलमुताईरीको छोटो प्रशिक्षणका बावजुत टोलीमा देखिएको सकारात्मक परिवर्तनलाई दिर्घकालसम्म कायम राख्न केहि चुनौती त अवश्यपनि होला । तर स्वयम खेलाडी र टोलीका व्यवस्थापक र घरेलु फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले लिने शिक्षाले नेपाली फुटबलको आगामी अविश्य निर्धारण गर्नेछ ।
फुटबलको लगानीलाई खेर जादैन भन्ने कुरालाई अलमुताईरीको आगमन र प्रतिकुल अवस्थामा खेलाडीहरुले गरेको प्रर्दशनले प्रमाणीत गरिदिएको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?