Logo

शेर्पाविरुद्व थ्रीस्टारको सहज जित

ई-खेलकुद २०७८ पुस २५ , आईतबार ०७:०१ मा प्रकाशित

काठमाडौं । ललितपुरे क्लब थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ । आठौ चरणको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले हराउदै थ्रीस्टार तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रीस्टारलाई जिताउन घानेफो अन्सुमानाले एक गोल गरे । अर्को गोल उसले पहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले आत्माघाती गोलबाट अग्रता बनाएको थियो । ५६ औ मिनेटमा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठले आत्माघाती गोल गरेका थिए । खेलको इन्जुरी समयमा अन्सुमानाले गोल गरेपछि थ्रीस्टार सहज जित निकाल्न सफल बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा शेर्पाले केहि राम्रा अवसर गुमाएको थियो । जितसँगै ८ खेलबाट १३ अंक जोडेको थ्रीस्टार तालिकाको पाँचौ स्थानमा पुगेको छ । समान खेलबाट शेर्पा ११ अंकमा तालिकाको छैटौ स्थानमा धकेलिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?