Logo

शुक्रबारबाट सुरु हुने युरोकप बारेको जानकारी

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०३:०६ मा प्रकाशित

एजेन्सी । बहुप्रतिक्षित युरो कप २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदै छ । कोरोना माहामारीका कारण अघिल्लो बर्ष प्रभावित भएको प्रतियोगीता सोहि नाममा यसबर्ष हुन लागेको हो ।

युरोपियन फुटबल महासङ्घ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा खेलिँदै छ ।

प्रतियोगिता ११ देशका ११ सहरमा आयोजना हुँदै छ । युइएफएले युरो कप लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने जनाएको छ ।
इटालीको रोममा हुने प्रतियोगीताको उद्घाटन खेलमा घरेलु टोली र टर्की आमने सामने हुनेछन् । फाइनल खेल लन्डनमा हुने छ ।
पोर्चुगल युरो कपको साविक विजेता हो । सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । यस पटकको युरो कपमा केही नियम परिवर्तन गरिएको छ ।

एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ । नियमित समयमा तीन पटकमात्र खेलाडी परिवर्तन गर्न पाइनेछ ।

अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ । युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ । यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे ।

समूह ए – टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी – डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इङ्ग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई – स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ – हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?