Logo

शीर्ष स्थानको बायर्न, मोन्चेनग्लाण्डबाखसंग पराजित

ई-खेलकुद २०७७ पुस २५ , शनिबार ०७:०१ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलको पछिल्लो खेलमा बोरुसिया मोन्चेन ग्लाण्डबाख बिजयी भएको छ । शीर्ष स्थानको बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले हराउदै मोन्चेन ग्लाण्डबाखले सिजनको छैठौ जित निकालेको हो । घरेलु मैदानमा पहिलो हाफमै २–० ले पछि परेको अवस्था उल्टाउदै मोन्चेन ग्लाण्डबाखले पुनरागमन जित हात पारेको हो । खेलको २० औ मिनेटमा रोबर्ट लेबान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि लियोन गोरेट्ज्काले २६ औ मिनेटमा अर्को गोल थपेका थिए ।
जोनास होफमनले ३५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । उनैले ४५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । दोस्रो हाफको चौथो मिनेटमै फ्लोरियन नेउहासले गोल गर्दै टोलीलाई जित दिलाए । १५ खेलबाट २४ अंक जोडेको ग्लाण्डबाख तालिकाको सातौ स्थानमा छ । हारका बावजुत बायर्न ३३ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ ।
बुण्डेश लिगा फुटबलमा आज ६ खेल हुदैछन् । आज दोस्रो स्थानको आरबी लाईपजिगले चौथो स्थानको बोरुसिया डर्टमण्डसंग खेल्नेछ । फ्रेईबर्ग र एफसी क्लोन, साल्के र होफिनह्याम, वायर लिभरकुशेन र वेडर ब्रेमेन, माईन्ज र फ्रयाङकफर्ट तथा एफसी बर्लिन र वुल्फबर्ग आमने सामने हुनेछन् ।

बायर्न म्युनिख बुण्डेश लिगा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?