Logo

शीर्ष वरियताका जोकोभिच अष्ट्रेलियन ओपनको चौथो चरणमा

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०७:०२ मा प्रकाशित

एजेन्सी । शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेका छन् । खेलका क्रममा चोट समेत बोकेका डिफेण्डिङ च्याम्पियन जोकोभिचले अमेरिकी टेलर फिर्टजलाई ३–२ को सेटले हराउदै जोकोभिचले अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेटमा ७–६ को संर्घषपुर्ण जित निकालेका उनले दोस्रो सेटपनि ६–४ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटका क्रममा घाईते भएका उनले तेस्रो र चौथो सेट गुमाएका थिए । ३–६ र ४–६ ले दुई सेट टेलरलाई सुम्पिएका जोकोभिचले पाँचौ तथा निर्णायक सेटमा ६–२ को नतिजा आत्मसात गरे ।
अन्य खेलमा जित निकाल्दै अष्ट्रीयन डोमेनिक थिम, क्यानेडियन मिलोस राओनिक रसियन एस्लान कारात्सेभ, जर्मन अलेक्जेण्डर जेभरेभ, सर्बियन दुसान लाजोभिकले अन्तिम १६ मा प्रबेश गरेका छन् ।
महिला एकलतर्फको खेलमा जापानी नाओमी ओसाका, अमेरिकी सेरेना विलियम्स, रोमानियन सिमोना हालेप र स्पेनी गार्बिन मुगुरुजाले अघिल्लो चरणको यात्रा तय गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?