Logo

शीर्ष चारमा पुग्ने लिभरपुलको संभावना कायमै

ई-खेलकुद २०७७ चैत्र ३ , मंगलबार ०७:०३ मा प्रकाशित

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पुग्ने संभावना कायमै राखेको छ । २९ औ चरणको खेलमा गएराती वुल्भरहेम्प्टनलाई १–० ले हराउदै साविक विजेता लिभरपुलले शीर्ष चार टोलीमा पुग्ने संभावना जिवितै राखेको हो । वुल्भरको मैदानमा लिभरपुललाई जिताउन पहिलो हाफको अनितम समयमा डिएगो जोटाले गरेको गोल निर्णायक बन्यो । आफ्नो पुर्व क्लबबिरुद्ध गोल गर्दै जोटाले लिभरपुललाई महत्वपुर्ण अंक दिलाए । उनी सेप्टेम्बरमा मात्रै वुल्भरबाट लिभरपुल आएका हुन् । यो जितपछि लिभरपुल २९ खेलबाट ४६ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उकिलएको छ ।
खेलका क्रममा वुल्भरहेम्प्टनका गोलरक्षक रुइ प्याट्रिकोलाई टाउकोमा गम्भीर चोट लागेको थियो । समान खेलबाट वुल्भर ३५ अंकमा तालिकाको १३ औ स्थानमा छ ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?