Logo

शिव र निर्मलालाई हाफ म्याराथनको उपाधि

ई-खेलकुद २०७७ पुस २५ , शनिबार ११:०१ मा प्रकाशित

बुटवल । बुटवलमा सम्पन्न भिक्टरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिव बहादुर रायमाझीले हात पारेका छन । उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पुरा गर्दै उपाधी हात पारेका हुन । सामरिक र ऐतिहासिक जितगढी किल्ला आक्रमणमा आएका तत्कालिन ब्रिटिश सेनामाथि विजयको दिनको सम्झना गर्दै मध्य पश्चिम पृथना हेड क्वाटर बुटवलले हाफ म्याराथनको आयोजना गरेको थियो ।
यसैगरि नारायण दल गण कपिलबस्तुका सुभाष कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । बिन्दवासिनी बहिनी चन्द्रौटाका शशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् । महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गर्दै उपाधि हात पारिन् । शसस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् । गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन् । विजेता प्रथम, द्धितिय र तृतियहरुले क्रमश नगद २५ हजार, २० हजार र १५ हजार रुपैयासहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । विजेतालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेपाली सेनामध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सन्जय थापा लगायतले पुरस्कार वितरण गर्नुभयो ।

बुटवल हाफ म्याराथन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?