Logo

शानदार जितसंगै युभेन्टस सेमिफाईनलमा

ई-खेलकुद २०७७ माघ १५ , बिहीबार १०:०१ मा प्रकाशित

एजेन्सी । युभेन्टस कोपा इटालिया कप फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । प्रतियोगीताको सर्बाधिक सफल टोली युभेन्टसले स्पाललाई ४–० ले हराउदै अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदानमा युभेन्टसलाई जिताउन अल्भारो मोरोता, जियानलुका फ्राबोट्टा, डेजान कुलुसेस्की र फेडेरिको चिसाले एक–एक गोल गरे । खेलको १६औं मिनेटमा मोरोताले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा फ्राबोट्टाले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अग्रता दिलाए ।
७८ औं मिनेटका कुलुसेस्की र खेलको इन्ज्युरी समयमा चिसाले गोल गर्दै युभेन्टसलाई ४–० गोलको शानदार जित दिलाए । युभेन्टसले फाइनल प्रबेशका लागि इन्टर मिलानसँग खेल्नेछ । पहिलो लेगको सेमिफाइनल फेब्रुअरी ३ मा हुनेछ भने दोस्रो लेग फेब्रुअरी १० मा हुनेछ । गएराति नै भएको अर्को खेलमा एटलान्टाले लाजियोमाथि ३–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

कोपा इटालिया युभेन्ट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?