Logo

शानदार जितसँगै साविक विजेता मछिन्द्र शीर्ष स्थानमा

ई-खेलकुद २०७८ मंसीर २५ , शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं । शानदार जितसँगै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले गोल गरे । सुरुवातबाट आक्रामक खेल खेलेको मछिन्द्रले २९ औं मिनेटमा अग्रता बनाएको थियो । सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको मछिन्द्रका लागि नुर्लानले ६८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को शानदार जित दिलाए । जितसँगै मछिन्द्रले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्र समान अंक भएको मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । ४ खेलबाट २ अंक जोडेको हिमालयन तालिकाको १२ औं स्थानमा छ । खेलमा मछिन्द्रका छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?