Logo

व्वाईज युनियन क्लब डाँगीहाट गोल्डकपको उपाधि नजिक

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०६:१० मा प्रकाशित

विवेक मिश्र,लक्ष्मीमार्ग । व्वाईज युनियन क्लब मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० को फराकिलो अन्तरले हराउदै व्वाईज युनियनले फाईनलमा स्थान सुरक्षित गरेको हो । खेलको २४औँ मिनेटमा विकास थुलूङ राईको उपहार गोलमार्फत अग्रता बनाएको व्वाईज युनियनले बाँकि गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफ प्रतिस्पर्धात्म खेलेको चर्च व्वाईज युनाईटेडले दोस्रो हाफमा लय गुमाउदा व्वाईज युनियनले त्यसको फाईदा उठाएको हो । ६८ औँ मिनेटमा व्वाईज युनियनका विटु तामाङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ७३औँ मिनेटमा व्वाईज युनियनका मेसुकेले वान भर्सेज वानको अवस्थामा बललाई जाली चुमाउदै टोलीलाई ३–० को अवस्थामा पुर्याए । त्यसको ४ मिनेटपछि उनैले ब्यक्तिगत दोस्रो गोल गर्दा टोली ४–० ले अघि रह्यो । त्यसपछि दुबै टोलीका प्रयास असफल बन्दा सोहि नतिजा निर्णायक बन्यो ।
खेलमा बिजेता टोलीका तम्पी ईभेन म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैया प्राप्त गरे । गोल्डकपको दोस्रो सेमिफाइनलमा भोली आयोजक डाँगीहाट फुटवल क्लव(रातो) र धरान फुटवल क्लव सुनसरी बिच हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?