Logo

वेष्ट ईण्डिजबिरुद्धको दोस्रो वन डे क्रिकेटमा ईण्डिया विजयी

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०६:१२ मा प्रकाशित

एजेन्सी । वेष्टईण्डिजबिरुद्धको दोस्रो वन डे क्रिकेटमा घरेलु टोली ईण्डिया विजयी भएको छ । गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई १ सय ७ रनको फराकिलो अन्तरले हराउदै ईण्डियाले ३ म्याचको सिरिज एक एकको बराबरीमा ल्याएको हो ।
बिशाखापटट्नममा ३ सय ८८ रनको लक्ष्य पछ्याएको वेष्टईण्डिज ४३ दशमलव ३ ओभरमा २ सय ८० रनमा समेटियो । साई होपले ७८, निकोलस पुरनले ७५ र केमो पउलले ४६ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । ईभिन लिविसले ३० रन जोडे । उसलाई लक्ष्य अगावै समेट्न महम्मद सामी र कुलदिप यादवले समान ३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए । सारदुल ठाकुरको नाममा १ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको ईण्डियाले ५ विकेट गुमाएर ३ सय ८७ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा रोहित शर्माले १ सय ५९ रनको योगदान गरे । लोकेश राहुलले १ सय २ रन बनाएको ईनिङसमा श्रेयस ऐरले ५३ र रिषव पन्तले ३९ रन बनाए ।
वेष्टईण्डिजका सेल्ड्रोन कोटरेलले २ तथा केमो पउल, कायरन पोलार्ड र अलजारी जोसेफले समान एक विकेट लिए ।
२ राष्ट्रबिचको तेस्रो तथा निर्णायक वन डे आईतबार ओडिसामा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?