Logo

वेष्ट ईण्डिजबिरुद्धको टेष्ट सिरिज ईण्डियाद्धारा क्लिन स्विप

ई-खेलकुद २०७६ भदौ १७ , मंगलबार ०७:०९ मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्टईण्डिजबिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि ईण्डियाले शानदार जित हात पारेको छ । घरेलु टोलीलाई २ सय ५७ रनले हराउदै ईण्डियाले २ खेलको टेष्ट सिरिज आफ्नो पक्षमा पारेको हो । ४ सय ६८ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली चौथो दिननै २ सय १० रनमा समेटिएपछि ईण्डिया फराकिलो जित निकाल्न सफल बन्यो । रबिन्द्र जडेजा र महम्मद सामीले समान ३ तथा ईशान्त शर्माले २ विकेट लिएपछि वेष्ट ईण्डिजको ईनिङस ध्वस्त भएको थियो । सामार्स ब्रुकले ५० र कप्तान जेसन होल्डलले ३९ रन बनाएको ईनिङसमा अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उसले पहिलो ईनिङसमा १ सय १७ रन बनाएको थियो ।
पहिलो ईनिङमा ४ सय १६ रन बनाएको ईण्डियाले ४ विकेट गुमाएर १ सय ६८ रन बनाएर दोस्रो ईनिङस समाप्तीको घोषणा गर्दै क्यारेबियन टोलीलाई ४ सय ६८ रनको लक्ष्य दिएको थियो । खेलमा ईण्डियाका हनुमा बिहारी प्लेयर अफ दि म्याच घोषित भए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?