Logo

वेष्टह्यामको च्याम्पियन्स लिग खेल्ने संभावना कायमै

ई-खेलकुद २०७८ वैशाख २१ , मंगलबार ०८:०५ मा प्रकाशित

एजेन्सी । वेष्टह्यामले च्याम्पियन्स लिगमा छनोट हुने संभावना कायमै राखेको छ । ईङलिश प्रिमियर लिग फुटबल अन्तर्गत ३४ औ चरणको खेलमा गएराती बर्नलीलाई २–१ गोल अन्तरले हराउदै वेष्टह्याम तालिकाको पाँचौ स्थानमा पुगेको हो । १९ औ मिनेटबाट १–० ले पछि परेको अवस्था उल्टाउदै वेष्टह्यामले पुनरागमन जित निकालेको हो ।

मिचेल एन्टोनियोले दुई गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाएका थिए । उनले २१ र २९ औ मिनेटमा गोल गर्दै टोलीको जित निश्चित पारेका थिए ।

बर्नलीमाथी दबाव बनाएपनि वेष्टह्यामका अन्य अवसर भने खेर गएका थिए । ३४ खेलबाट वेष्ट ह्याम युनाईटेड ५८ अंकमा तालिकाको पाँचौ स्थानमा पुगेको हो । उसले टटनह्यामलाई २ अंकले पछि पारेको छ । समान खेलबाट टनह्यामको ५६ अंक छ ।
गएराती नै वेष्टब्रोम र वुल्भरहेम्प्टनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्याम्पियन्स लिग वेष्टह्याम

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?