Logo

वेष्टईण्डिजबिरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

ई-खेलकुद २०७८ असार १६ , बुधबार ०८:०६ मा प्रकाशित

एजेन्सी । वेष्टईण्डिजबिरुद्धको तेस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित दर्ता गरेको छ । गएराती भएको खेलमा घरेलु टोलीलाई १ रनले हराउदै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा क्यारेबियन टोलीले ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । निकोलस पुरन र इभिन लिविसले समान २७ तथा आन्द्रे रसेलले २५ र लेन्डल सिमोन्सले २२ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् ।
सिमरोन हेटमेर १७ र जेसन होल्डर १६ रनमा पेभेलियन फर्किए । दक्षिण अफ्रीकाका एनरिच नोर्किया र ताब्रेज शाम्सीले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ८ विकेट गुमाएर १ सय ६७ रनको मध्यम योगफल तयार पारेको थियो । क्विन्टन डी ककले सर्बाधिक ७२ रन बनाएको उसको ईनिङसमा रस्सी भान डेर डुसेनले ३२ र एडिन मार्क्रमले २३ रनको योगदान दिए ।
वेस्ट इन्डिजका ओबेड म्याककोएले ४ तथा ड्वाने ब्राभोले ३ विकेट लिए ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?