
एजेन्सी । वेष्टईण्डिजबिरुद्धको टि–२० सिरिज घरेलु टोली ईण्डियाले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा गएराती ६७ रनको फराकिलो जित निकाल्दै ईण्डियाले ३ म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । मुम्बईमा २ सय ४१ रनको बिशाल लक्ष्य पछ्याएको क्यारेबियन टोलीले ८ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाएपछि ईण्डिया फराकिलो जित निकाल्न सफल बन्यो । कायरन पोलार्डले ६८ र सिमरोन हेटमेरले ४१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । ईण्डियाका दिपक चहार, भुवनेश्वर कुमार, महम्मद सामी र कुलदिप यादवले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ईण्डियाले ३ विकेट गुमाएर २ सय ४० रनको उच्च योगफल तयार पारेको थियो । लोकेश राहुलले सर्बाधिक ९१ रन बनाएको ईनिङसमा रोहित शर्माले ७१ रनको योगदान गरे । मात्र २९ बल खेलेका कप्तान बिराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अबिजित ७० रन जोडे ।
वेष्ट ईण्डिजका सेल्ड्रोन कोटरेल, केसरिक विलियम्स र कायरन पोलार्डले समान एक विकेट लिए । ईण्डिया भ्रमणका क्रममा २ राष्ट्रबिच ३ म्याचको वन डे सिरिज पनि हुनेछ ।
