Logo

वेष्टईण्डिजद्धारा ईण्डियासामु ३ सय १६ रनको उच्च चुनौती

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०५:१२ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको तेस्रो तथा निर्णायक वन डे क्रिकेटमा बेष्टईण्डिजले ३ सय १६ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । ओडिसामा टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको क्यारेबियन टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रनको उच्च योगफल तयार पारेको हो ।
पाँचौ विकेटका लागि निकोलस पुरन र कायरन पोलार्डले १ सय ३५ रनको साझेदारी गरेपछि बेष्टईण्डिज सम्मानजनक योगफल बनाउन सफल बन्यो । पुरन ८९ रनमा पभेलियन फर्किए । पोलार्ड ७४ रनमा अबिजित रहदा साई होपले ४२ रन बनाए । रोष्टन चासले ३८, सिमरोन हेटमेरले ३७ र ईभिन लिविसले २१ रन बनाए ।
ईण्डियाका नवदिप सैनीले २ तथा सारदुल ठाकुर, महम्मद सामी र रबिन्द्र जडेजाले समान एक विकेट लिए । ३ म्याचको वन डे सिरिज एक एकको बराबरीमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?