Logo

वेलको ह्याट्रिकमा टटनह्यामको शानदार जित

ई-खेलकुद २०७८ वैशाख २० , सोमबार ०६:०५ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा टटनह्याम र आर्सनल विजयी भएका छन् । गएरातीका लागि तय गरिएको लिभरपुल र म्यानचेष्टर युनाईटेडबिचको खेल भने स्थगीत भएको छ । सेफिल्ड युनाईटेडलाई ४–० ले हराउदै टटनह्याम शीर्ष पाँचमा पुगेको हो । उसलाई शानदार जित दिलाउन गारेथ वेलले ह्याट्रिक गरे । अर्को गोल सन ह्युङ मीनको नाममा रहयो । ३६ औ मिनेटमा पहिलो गोल गरेका वेलले ६१ र ६९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ३४ खेलबाट ५६ अंकसहित टटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।
गएराती नै आर्सनलले न्यु क्यासल युनाईटेडलाई २–० ले स्तब्ध पार्यो । यो जितले आर्सनललाई तालिकाको नवौ स्थानमा पुर्याएको छ । मैदानमा भएको प्रर्दशनका कारण लिभरपुल र म्यानचेष्टर युनाईटेडबिचको खेल भने स्थगीत भएको हो ।

टटनह्याम प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?