Logo

वुल्भरहेम्प्टनलाई हराउदै लेष्टर शीर्ष स्थानमा

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०९:११ मा प्रकाशित

एजेन्सी । लेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आठौचरणको खेलमा वुल्भरहेम्प्टनलाई १–० ले हराउदै लेष्टर केहि समयका लागि तालिकाको शीर्ष स्थानमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा १५ औ मिनेटमा जेमी भार्डीले पेनाल्टिमार्फत गरेको गोल उसको जितमा निर्णायक बनेको थियो ।
समान बल पोजिशनको खेलमा लेष्टरका थप दर्जन अवसर खेर गएका थिए । ८ खेलबाट १८ अंक जोडेको लेष्टरले साउथहेम्प्टन र टटनह्यामलाई पछि पारेको हो । यद्यपी आजै हुने खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई हराए लिभरपुल शीर्ष स्थानमा पुग्नेछ ।
अर्को खेलमा एष्टन भिल्लाले आर्सनलको सामना गर्नेछ ।

प्रिमियर लिग लेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?