Logo

वुल्भरहेम्प्टनबिरुद्ध टटनह्यामको सहज जित

ई-खेलकुद २०७८ जेठ २ , आईतबार ०९:०५ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा टटनह्याम र क्रिष्टल प्यालेस विजयी भएका छन् । वुल्भरहेम्प्टनलाई २–० ले हराउदै टटनह्यामले पाँचौ स्थानको लिभरपुलसंगको अंकदुरी १ अंकमा झारेको छ ।

घरेलु मैदानमा टटनह्यामलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले गोल गरे । खेलको ४५ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा इमिलले गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।

जितसँगै टटनह्यामले ३६ खेलबाट ५९ अंक जोडेको छ । उ तालिकाको छैटौ स्थानमा उक्लिएको छ । समान खेलबाट ४५ अंक जोडेको वुल्भरहेम्प्टन तालिकाको १२ औं स्थानमा छ । क्रिष्टलले एष्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?