Logo

वुमन च्याम्पियन्स लिग : टस जितेको पोखरा फिल्डिङमा

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा अहिले क्याट क्विन्स काठमाण्डौ र पोखरा पल्टनबिच प्रतिस्पर्धा भईरहेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको पोखराले पहिले फिल्डिङ रोजेपछि काठमाण्डौ ब्याटिङ गरिरहेको छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । उद्घाटन खेलमा चितवनसंग हार भोगेको काठमाण्डौ, पोखराबिरुद्ध जित निकाल्दै पहिलो अंक जोड्ने लक्ष्यमा छ । पोखरा भने पहिलो खेलबाटै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा छ ।
आजै हुने दोस्रो खेलमा बिराटनगर टाईटन्स र ललितपुर फाल्कन आमने सामने हुनेछन् । दोस्रो खेलपनि सोहि मैदानमा अपरान्ह साढे १ बजे सुरु हुनेछ । पहिलो खेल खेल्न लागेका दुबै टोली सुखद सुरुवातको लक्ष्यमा मैदान उत्रनेछन् ।
यसअघि हिजो भएको खेलमा चितवनले काठमाण्डौलाई ५ विकेटले हराउदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?