Logo

वुमन च्याम्पियन्स लिगमा आज २ खेल हुदै

ई-खेलकुद २०७६ कात्तिक १ , शुक्रबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटमा आज पनि २ खेल हुदैछन् । आजको पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर टाइटन्स र पोखरा पल्टनबिच प्रतिस्पर्धा हुदैछ । आफ्नो पहिलो खेलमा हिजो ललितपुरलाई हराएको बिराटनगर लगातार दोस्रो जितको खोजीमा रहदा काठमाण्डौसंग हारेको पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा यी २ टोली एक अर्काबिरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सोहि मैदानमा अपरान्ह साढे १ बजे चितवन राईनोज र ललितपुर फाल्कोनबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवन दोस्रो जितको खोजीमा रहदा ललितपुर पहिलो अंकको खोजीमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?