Logo

वुमन च्याम्पियन्स लिगको ईलिमिनेटर खेलमा काटमाण्डौ र विराटनगर भिड्दै

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलको ईलिमिनेटर खेलमा आज क्याट क्न्सि काठमाण्डौ र विराटनगर टाईटन्सविच प्रतिस्पर्धा हुदैछ । फाईनल प्रबेशको लक्ष्यसहित यी २ टोली एक अर्काबिरुद्ध प्रतिस्पर्धामा उत्रनेछन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ ।

विराटनगरलाई समुहचरणमा भोगेको हारको बदला लिदै उपाधि यात्रा तय गर्न अवसर मिलेको छ । काठमाण्डौलाई भने जितको श्रृखला जारी राख्ने चुनौती रहेको छ । तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डौ र तेस्रो स्थानको विराटनगरबिच एलिमिनेटर खेल हुन लागेको हो ।
खेलको विजेताले उपाधिका लागि चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ । क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको प्रतियोगितामा फ्रेन्चाईज ५ टोली सहभागी छन्


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?