Logo

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई, फाइनलमा पनि काठमाण्डौ पराजित

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । वुमन्स च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएल क्रिकेटको उपाधि चितवन राईनोजले जितेको छ । आज भएको फाइनलमा क्याट क्विन्स काठमाण्डौलाई ४५ रनले हराउदै चितवनले उपाधि आफ्नो नाममा लेखाएको छ । समुहचरणमा पनि चितवन अपराजित रहेको थियो ।
राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । अप्सरी वेगमले सर्बाधिक १५ रन बनाएको काठमाण्डौको ईनिङसमा ममता थापाले १३ रन बनाईन् । माथिल्लो क्रमका शोभा आले ६, कप्तान रुबिना क्षेत्री २, रोमा थापा शुन्य र नितु भण्डारी २ रनमा आउट भईन् । चितवनकी सुमन खतिवडाले ३ र रितु कनोजियाले समान ३ तथा रेखा रावलले २ विकेट लिईन् ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय १२ रनमा सामान्य योगफल तयार पारेको थियो । उसका लागि सुमन खतिवडाले सर्बाधिक २९ रनको योगदान गरिन् । कप्तान ईन्दु बर्माले नटआउट २२ र काजोल श्रेष्ठले २१ रन बनाईन् । कञ्चन श्रेष्ठले १९ रन बनाईन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?