Logo

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधिका लागि चितवन र काठमाण्डौ भिड्ने

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । वुमन्स च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलको उपाधिका लागि चितवन राईनोज र क्याट क्विन्स काठमाण्डौ भिड्ने भएका छन् । आज भएको ईलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले हराउदै काठमाण्डौले चितवनसंगको उपाधि भेट पक्का गरेको हो ।
विराटनगरले दिएको ६९ रनको सामान्य चुनौती काठमाण्डौले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । रोमा थापा गोल्डेन डकआउट भएको खेलमा कप्तान रुबिना क्षेत्री ३४ र अप्सरी वेगम २७ रनमा अविवजत रहदै टोलीलाई शानदार जित दिलाए । विराटनगरकी सोनु खड्काले १ विकेट लिईन् ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको विराटनगर १७ दशमलव ३ ओभरमा ६८ रनमा समेटिएको थियो । सोनु खड्काले ३४ र ज्योती पाण्डेले १२ रन बनाएको ईनिङसमा आरती बिडारीले ११ रन बनाईन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेन्न । काठमाण्डौकी रुबिना क्षेत्रीले ४ तथा ईश्वरी विष्ट, संगीता राई र लक्ष्मी साउदले समान एक विकेट लिए । चितवन र काठमाण्डौबिचको उपाधि भिडन्त पर्सी हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?