Logo

वुमन्स च्याम्पियन्स लिगमा आज पनि २ खेल हुदै

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल क्रिकेटमा आज पनि २ खेल हुदैछन् । आजको पहिलो खेलमा क्याट क्विन्स काठमाण्डौ र ललितपुर फाल्कोन्सबिच प्रतिस्पर्धा हुनेछ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान साढे ९ बजे मैदान उत्रदा काठमाण्डौ तेस्रो जितसंगै प्लेअफ प्रबेश गर्ने योजनामा रहदा, सुरुवाती २ खेल गुमाएको ललितपुर पहिलो जितको खोजीमा रहेको छ ।
आजै अपरान्ह साढे १ बजे विराटनगर टाईटन्स र चितवन राईनोजबिच प्रतिस्पर्धा हुनेछ । यसअघि नै प्लेअफ पुगीसकेको चितवन शत प्रतिशत जितको योजनामा रहदा, ४ अंकमा तेस्रो स्थानमा रहेको विराटनगर तेस्रो जितसंगै अघिल्लो चरणमा आफ्नो यात्रा सुरक्षित गर्न चाहान्छ ।
जारी प्रतियोगितामा पोखरा पल्टन र ललितपुर फाल्कोन्सले कुनै जित निकाल्न सकेका छैनन् । काठमाण्डौ र विराटनगरले समान २ जित हात पार्दा चितवन राईनोज अपराजित रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?