Logo

वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा काठमाण्डौ र चितवन भिड्ने

ई-खेलकुद २०७६ असोज १५ , बुधबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घघाटन खेलमा किट क्याट काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले असोज २९ गतेबाट सुरु हुने लिगको खेल तालिका आज सार्बजनिक गरेको हो ।
नेपाली महिला क्रिकेट ईतिहासमा पहिलोपटक फ्रेन्चाईज लिगका आधारमा प्रतियोगिता हुन लागेको हो । काठमाडौं र चितवनबीचको खेल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ । कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा ५ फ्रेन्चाईज टोलीको सहभागीता रहने छ ।
पहिलो दिन एक मात्र खेल राखिएपनि दोस्रो दिनबाट भने हरेक दिन २ खेल गर्ने आयोजकले जनाएको छ । आयोजकले लिग खेल्ने ५ फ्रेन्चाईज टोलीको नाम र मार्की खेलाडी यसअघि नै सार्वजनिक गरिसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?