Logo

विश्व वरियताको शीर्ष अलराण्डर सकिबलाई २ वर्षको प्रतिवन्ध

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०७:१० मा प्रकाशित

एजेन्सी । टेष्ट र ट्वान्टी क्रिकेट टिमका क्याप्टेन तथा बंगलादेशका भरपर्दा अलराउण्डर सकिब अल हसनलाई सवै फर्मेटको क्रिकेटमा २ वर्षको प्रतिवन्ध लागेको छ । प्रतियोगिताका दौरान म्याच फिक्सिङका लागि सट्टेबाजले गरेको प्रस्तावबारे जानकारी नगराएको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई २ वर्षको प्रतिवन्ध लगाएको हो । सकिबले भ्रष्टचारबिरोधी संहिताका ३ वटा नियमको उल्लंघन गरेको आईसीसीको ठहर छ । सन् २०१८ को जनवरीमा भएको श्रीलंका र जिम्बावेसमेत सहभागी त्रिदेशीय सिरिज र आईपीएलको एउटा खेलका दौरान उनलाई सट्टेबाजले म्याच फिक्सिङका लागि प्रस्ताव गरेको आईसीसीको दाबी छ । जुन कुरा सकिब अल हसनले समेत स्वीकारेका छन् । उनले भनेका छन्, आफुलाई सवैभन्दा मन पर्ने खेलबाट २ वर्ष बाहिर रहनु पर्दा दुख लागेको छ ।
यो प्रतिवन्धपछि बंगलादेशका भरपर्दा अलराउण्डर सकिबले आगामी वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वान्टी–२० गुमाउने छन् । बंगलादेशले आगामी आईतबारबाट ईण्डियासँग टेष्ट र ट्वान्टी–२० क्रिकेट सिरिज खेल्दैछ । जसको नेतृत्व सकिबले गर्दैथिए । आईसीसीले लगाएको आरोप स्वीकार गरेका सकिबको प्रतिवन्ध ख्ुकुलो भए उनी आगामी वर्षको अक्टोबर २९ देखि मैदानमा फर्कनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?