Logo

विश्व चर्चित क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउदै

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । विश्व चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । उनी नोभेम्बर तेस्रो साता एक दिने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । युनिसेफको कार्यक्रममा भाग लिन सचिन काठमाण्डौ आउन लागेको उनी निकट स्रोतले जनाएको छ । सचिन युनिसेफका गुडवील एम्बास्डर हुन् । नोभेम्बर १६ मा कार्यक्रम आयोजना गरिएको बताईएको छ । सचिनको ब्यस्तता भए सो मितिलाई २० वा २२ नोभेम्बरमा सार्न सकिने संभावना पनि रहेको छ । उनी युनिसेफको पोषण सम्बन्धी कार्यक्रममा बिशेष अतिथी रहनेछन् ।
यसअघि उनी २०७२ सालको भुकम्पपछि पनि यस्तै कार्यक्रममा काठमाण्डौ आएका थिए । क्रिकेटर सचिनको नेपाल भ्रमणका बेला नेपाली क्रिकेटरसंगको भेटघाट तथा अन्य कार्यक्रम भने नहुने भएको छ । सोहि समय ईमर्जिङ टिम्स कपका लागि टोली बंगलादेशमा रहने तथा पारस खड्का र सन्दिप लामिछाने युएईमा हुने टी–१० क्रिकेटका लागि दुबई जाने भएकाले उनको भ्रमण सोहि कार्यक्रम केन्द्रित हुने भएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?