Logo

विश्व क्रिकेटका ठुला नामलाई लिगमा भित्र्याउने ईपीएलको तयारी

ई-खेलकुद २०७६ पुस १७ , बिहीबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको आगामी सिजनमा विश्व क्रिकेटका ठुला खेलाडीले सहभागीता जनाउने संभावना बढेको छ । प्रतियोगिता खेल्ने विदेशी खेलाडीका लागि कडा प्राबधान राखेर नियम बनाउदै आयोजकले प्रतियोगिता केहि पछि सारेको छ । विदेशी खेलाडीको हकमा सम्बन्धीत मुलुकको बोर्डको स्विकृती अनिवार्य गरिएसंगै बोर्डबाट चर्चित खेलाडी बाहेक अन्य खेलाडीले नो अब्जेक्सन लेटर पाउने संभावना समेत न्युन भएको हो ।
आयोजक एभरेष्ट प्रिमियर लिग प्रालीका प्रबन्ध निर्देशक अमिर अख्तरले पनि चर्चित खेलाडीलाई भित्र्याउने उदेश्य राखेर नयाँ प्राबधान राखिएको बताए । विश्व क्रिकेटका केहि चर्चित खेलाडीसंग कुरा भईराखेकाले यो सिजनको लिग पृथक हुने दाबी आयोजकको छ ।
आयोजकले टेष्ट राष्ट्रसंगै एकदिवसीय मान्यता प्राप्त राष्ट्रका खेलाडीसंग नियमित सम्पर्कमा रहेको समेत जनाएको छ ।
नेपालको घरेलु लिगमा एउटै अनुहार दोहोरिरहेको र त्यसलाई हटाएर अब्बल खेलाडी प्रतियोगितामा ल्याउने प्रयासस्वरुप आयोजक लागि परेको हो । छिमेकी राष्ट्र भारत, बंगलादेश, श्रीलंकासंगै अफगानिस्तान, वेष्ट ईण्डिज, साउथ अफ्रिका, आयरल्याण्ड, ओमान र सिंगापुरबाट यसपटकको लिगमा खेलाडीको प्रबेश हुने संभावना छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?