Logo

विश्वविजेता फ्रान्सलाई हराउदै स्विट्जरल्याण्ड अन्तिम आठमा

ई-खेलकुद २०७८ असार १५ , मंगलबार ०६:०६ मा प्रकाशित

एजेन्सी । स्विटजरल्याण्ड युरोकप फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । गएराती भएको खेलमा विश्वविजेता फ्रान्सलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै स्विटजरल्याण्डले क्वार्टरफाईनल यात्रा तय गरेको हो । रोमानियामा भएको खेल निर्धारित समयसम्म ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त मिय हुदै पेनाल्टि सुटआउटसम्म पुगेको थियो ।
जसमा स्विट्जरल्यान्ड ५–४ गोलले विजयी बन्यो । नियमित समयको खेलमा १५औँ मिनेटमा ह्यारिस स्फेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ५५औँ मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीको मौका पाएको थियो, जसमा रिकार्डो रोड्रिग्वजे असफल बने ।
५७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै बेन्जेमाले दोस्रो गोल गरेर फ्रान्सलाई २–१ को अग्रता दिलाए । ७५औँ मिनेटमा पउल पोग्बाले गोल गरेपछि फ्रान्स ३–१ को बलियो अवस्थामा पुग्यो ।
८१औँ मिनेटमा स्विट्जरल्यान्डका स्फेरोभिकले दोस्रो गोल गर्दै टिमलाई खेलमा फर्काउने कोसिस गरे । ९० औँ मिनेटमा मारियो गाभ्रानोभिकले गोल गरेपछि निर्धारित समय बराबरीमा सकिएको थियो । त्यसपछि खेलमा अतिरिक्त समय थपिएको थियो । तर दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टि सुटआउटसम्म पुगेको थियो । जसमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे चुकेपछि फ्रान्सको यात्रा अन्तिम १६ मै सिमित बन्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?