Logo

विश्वकप लिग–२ : नेपालले खेल्ने दोस्रो सिरिज स्पेनमा हुने पक्का

ई-खेलकुद २०७८ जेठ २३ , आईतबार ०९:०६ मा प्रकाशित

काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले खेल्ने दोस्रो सिरिज स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले स्कटल्याण्ड र नामिबियासंग नेपालले खेल्ने सिरिज स्पेनमा हुने तय भएको जनाएको छ । स्कटलयण्डमा हुने भनिएको सो सिरिज त्यहाँबाट अयन्त्रै सार्ने आईसीसीको प्रस्तावका कारण स्पेनलाई वैकल्पिक आयोजना स्थल तय गरिएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले जुलाईको अन्तिम साता सिरिज गर्ने गरि तयारी भईरहेको बताउनुभयो ।
यद्यपी केहि प्रक्रिया बाँकि रहेकाले सिरिजको यकिन मिती भने तय भईसकेको छैन । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी लगायतका बिषयमा केहिदिनमै टुंगोमा पुगीने प्याकुरेलले बताउनुभयो ।
सिरिजका लागि २० खेलाडीलाई मात्र स्पेन पठाउने गरी क्यानले तयारी थालेको छ । सिरिजको मिती तय भएसंगै टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल फर्कने तयारीमा रहेका छन् । नेपालमा माहामारीको अवस्था बढ्दै गएर खेलकुद गतिबिधि ठप्प भएपछि वाटमोर श्रीलंका फर्किएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?