Logo

विश्वकप लिग टु : अमेरिकासँग नेपाल पराजित

ई-खेलकुद २०७९ असार २ , बिहीबार ०५:०६ मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको हो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७ ओभर ४ बलमा २ सय ६ रनमा समेटियो । कमजोर बनेको नेपालको ईनिङस आरिफ शेख र सोमपाल कामीले उकासेका थिए । छैटौ विकेटका लागि आरिफ र सोमपालले शतकिय साझेदारी गरे । माथिल्लो क्रम सस्तोमै पभेलियन फर्कदा नेपाल ९३–५ को कमजोर अवस्थामा पुगेको थियो । आरिफले सर्बाधिक ६३ र सोमपालले ४७ रनको योगदान गरे । देव खनालले ३४, आसिफ शेखले १८ र रोहितकुमार पौडेलले १६ रन बनाए । कुशल भुर्तेल १० र दिपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले समान ३ तथा नोसथुस किन्जीगे र निसर्ग पटेलले एक एक विकेट लिए । देव खनाल र सोमपाल कामी रनआउट भएका थिए ।
यसअघि टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रनको योगफल तयार पारेको थियो । गजानन्द सिंहले सर्बाधिक ५८ रन बनाएको अमेरिकाको ईनिङसमा सुशान्त मोदानीले ५४, आरोन जोनेसले ४३ र सैतेजा मुक्कामालाले ३६ रन बनाए । निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसन १६ रनमा अबिजित रहे । नेपालका करण केसीले ३, सन्दिप लामिछानेले २ तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १ विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?