Logo

विश्वकप फुटबल खेल्ने सबै राष्ट्रको टुंगो, न्युजिल्याण्डलाई हराउँदै कोष्टारिका छनोट

ई-खेलकुद २०७९ असार १ , बुधबार ०२:०६ मा प्रकाशित

एजेन्सी । कतारमा यसैबर्ष हुने फिफा विश्वकप फुटबल खेल्ने सबै टोलीको टुंगो लागेको छ । अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै ३२ वटै राष्ट्रको टुंगो लागेको हो ।

न्युजिल्याण्डविरुद्व कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे । खेलको तेस्रो मिनेटमा उनले गरेको गोल कोष्टारिकालाई विश्वकपमा पुर्याउन पर्याप्त बनेको हो । कोस्टारिका लगातार तेस्रो र समग्रमा छैटौ पटक विश्वकपमा छनोट भएको हो । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?