Logo

विश्वकप फुटबलको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसंग खेल्दै

ई-खेलकुद २०७६ भदौ १९ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको प्रतिस्पर्धा कुवेत स्पोर्टस क्लवको मैदानमा नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ । फिफा बरियतामा १० स्थान माथी रहेको कुवेतबिरुद्ध सुधारिएको खेल खेल्दै सुखद सुरुवात गर्ने योजनामा नेपाली टोली मैदान उत्रने तयारी गरेको छ ।

हालसम्म कुवेतलाई हराउन नसकेको नेपाल, किर्तिमान रच्दै छनोट यात्रा सुखद बनाउने योजनामा रहेको छ । सन् १९८२ मा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले हालसम्म कुवेतसंग ६ वटा खेल खेलिसकेको छ । तर कुनैपनि जित हात पार्न सकेको छैन् । पछिल्लो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु बाहेक अन्य नतिजा कुवेतकै पक्षमा गएको छ । प्रशिक्षक योहान कालिन पहिलो खेलबाटै टोलीले सुखद नतिजा निकाल्नेमा आशाबादी देखिएका छन् ।
नेपाली टोली किरण चेम्जोङको कमानीमा मैदान उत्रनेछ । कुवेतबिरुद्धको खेलमा स्टाईकर नवयुग श्रेष्ठले भने खेल्ने संभावना न्युन रहेको छ । कुवेत पुगेलगत्तै ज्वरोले सताएका कारण उनले खेल गुमाउने संभावना बढेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?