Logo

विश्वकप छनोट : समुह बीका खेल आफ्नै मैदानमा खेलाउन नेपालको प्रस्ताव

ई-खेलकुद २०७७ फागुन १९ , बुधबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट फुटबलको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा तीन खेल्न खेल्न बाँकी छ । तर आगामी चैत १७ गतेका लागि तय गरिएको नेपाल र अष्ट्रेलियाबिचको खेलसहित समुह बी अन्तर्गत छनोटका बाँकि खेलहरु एउटै भेन्युमा गराउने गरी एसियाली फुटबल महासंघ एएफसीले तयारी अघि बढाएको छ । समुह बीमा रहेका मध्ये अष्ट्रेलिया र जोर्डनले बाँकि खेलको दाबेदारी दिईसकेका छन् । नेपालले पनि बाँकि सबै खेल आफ्नै मैदानमा गराउने गरी प्रस्ताव पठाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा प्रबक्ता किरण राईका अनुसार अवे खेल खेलिसकेकाले घरेलु मैदानमा नेपालका आगामी खेलसंगै समुह बीका खेल आयोजना गराउन एन्फाले प्रयास थालेको हो । कोरोना माहामारीको कारण देखाउदै एएफसीले छनोट खेलको तालिका संसोधन गर्दै वैकल्पिक माध्यमबाट एकै स्थानमा खेल गराउने पहल थालेको हो । भौतिक पुर्बाधार र संरचनाका हिसावले नेपाल र जोर्डनभन्दा अष्ट्रेलिया उत्तम रहेकाले एएफसीले उसैलाई जिम्मेबारी दिने संभावना पनि प्रबल रहेको छ । नेपालमा भने अन्तराष्ट्रिय रंगशालाका रुपमा दशरथ रंगशाला मात्र रहेकाले अन्य टोलीको अभ्यास तथा अन्य ब्यवस्थापन केहि कठिन देखिएको छ ।
तीन देशको प्रस्तावमा सहमती हुन नसके एएफसीले मलेसीया वा अन्य कुनै न्युट्रल भेन्युमा खेल गराउने तयारी गराएको छ । नेपाललाई आयोजनाको जिम्मेबारी दिएको खण्डमा मार्च २५ मा अष्ट्रेलियाको टोली काठमाण्डौ आईपुग्नुपर्नेछ । छनोटका खेलसहित अन्य तालिकापनि ब्यस्त रहेकाले एएफसीले केहि दिनभित्रै भेन्यु निर्धारण गर्ने जनाएको एन्फा स्रोतले जनाएको छ ।

नेपाल विश्वकप छनोट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?