Logo

विश्वकप छनोट खेलमा चाईनिज ताईपेईविरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा चाईनिज ताईपेईलाई उसैको घरेलु मैदानमा २–० ले हराउदै नेपालले छनोट प्रतियोगितामा पहिलो अंक जोडेको हो ।
ताईपेईबिरुद्ध निक्कै उत्कृष्ट खेल खेलेको नेपालको जितमा दुबै गोल अञ्जन बिष्टले गरे । खेलको तेस्रो मिनेटमै हेड मार्फत उत्कृष्ट गोल गरेका बिष्टले ६२ औ मिनेटमा अर्को गोल गरेका थिए ।
दोस्रो हाफमा ताईपेईको निक्कै दबाव खेपेपनि नेपालको डिफेन्सलाईन त्यसलाई रोक्न सफल बनेको थियो । प्रशिक्षक योहान कालिनले आजको खेलमा प्लेईङ सेटमा केहि परिवर्तन गर्दै टोलीलाई मैदान उतारेका थिए ।
पहिलो खेलमा कुवेतसंग फराकिलो हार भोगेको नेपाल, दोस्रो खेलमा जित निकाल्दै ३ अंकले तालिकामा खाता खोलेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?