Logo

विश्वकप छनोट खेलमा कुवेतसंग नेपालको लज्जास्पद हार

ई-खेलकुद २०७६ भदौ २० , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसंग लज्जादस्पद हार भोगेको छ । कुवेत स्पोर्टस क्लबको मैदानमा गएराती भएको खेलमा नेपाल, घरेलु टोलीसंग ७–० को फराकिलो अन्तरले पराजित भएको हो । गोलरक्षक किरण कुमार चेम्जोङको कमानीमा मैदान उत्रिएको नेपालले घरेलु टोलीबिरुद्ध सुरुवात देखीनै लय गुमाएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको कुवेतले दोस्रो हाफमा ५ गोल थप्दै शानदार जित हात पारेको हो । नेपालले अधिकांश गोल डिफेन्सको गल्तीका कारण खाएको थियो ।
कुवेतको जितमा युसेफ नासिरले २ तथा अब्लुल्लाह मावी, फहाद अल हाजेरी, बदेर अल मुटाव, रिडा हानी र हुसेन अल मोसावीले एक एक गोल गरे । नेपालबिरुद्ध छैटौ मिनेटमा अग्रता बनाएको कुवेतले अन्तिम मिनेटमा २ गोल थपेको थियो । जितसंगै कुवेतले तालिकामा ३ अंक जोडेको छ भने नेपालले निराशाजनक रुपमा विश्वकप छनोट यात्रा सुरु गरेको छ ।
एसियाली छनोटको समुह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा भदौ २४ गते चाईनिज ताईपेईसंग खेल्नेछ । दोस्रो खेल ताईपेईको घरेलु मैदानमा हुने छ । गएराती नै भएको खेलमा ताईपेई, जोर्डनसंग २–१ ले पराजित भएको थियो । कुवेतले आफ्नो दोस्रो खेलमा भदौ २४ गते बलियो टोली अष्ट्रेलियाको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?