Logo

विश्वकप छनोट : अष्ट्रेलियासहित १२ टोली तेस्रो चरणमा

ई-खेलकुद २०७८ असार २ , बुधबार ०९:०६ मा प्रकाशित

एजेन्सी । विश्वकप फुटबलको एसीयाली छनोट अन्तर्गत १२ टोली तेस्रो चरणको छनोटमा प्रबेश गरेका छन् । गएराती दोस्रो चरणका खेल सकिएसंगै तेस्रो चरणमा पुग्ने १२ टोलीको टुंगो लागेको हो । समुह एबाट सिरिया समुह विजेताका रुपमा तेस्रो चरणमा प्रबेश गर्यो । नेपाल रहेको समुह बीको प्रतिनिधित्व अष्ट्रेलियाले गरेको छ । ईरानले समुह सी र साउदी अरेबियाले समुह डीबाट तेस्रो चरणमा स्थान बनाएको छ । ईबाट कतार, एफबाट जापान, जीबाट युएई तथा एचबाट दक्षिण कोरियाले तेस्रो चरणको यात्रा तय गरे ।
चीन, ओमान, ईराक, भियतनाम र लेबनानले उत्कृष्ट दोस्रो स्थानमा रहेर तेस्रो चरणको टिकट काटेका छन् ।
दोस्रो स्थानमा रहेरपनि विश्वकप छनोटको अघिल्लो चरणमा प्रबेश गर्न नसकेका ताजाकिस्तान, उज्वेकिस्तान, र कुवेतले एसीयन कपको तेस्रो चरणमा प्रबेश गरेका छन् ।
उत्कृष्ट तेस्रो स्थानमा रहेका फिलिपिन्स, जोर्डन, बहराईन, प्यालेष्टाईन, भारत, किर्गीस्तान, मलेसीया र तुर्कमेनिस्तानले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।
थाईल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तानले एसीयन कप तेस्रो चरणका लागि छनोट खेल्नुपर्ने भएको छ । माल्दिभ्स, श्रीलंका र नेपालले तेस्रो चरण छनोटमा पुग्न पनि प्लेअफको यात्रा तय गर्नुपर्ने भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?