Logo

विश्वकप छनोटमा आज १० खेल हुदै

ई-खेलकुद २०७७ चैत्र १४ , शनिबार ०२:०३ मा प्रकाशित

एजेन्सी । कतारमा अर्को बर्ष हुने विश्वकप फुटबलको युरोपेली छनोटमा आज दोस्रो राउण्डका १० खेल हुदैछन् । आज समुह ई अन्तर्गतको खेलमा चेक रिपब्लिकले घरेलु मैदानमा बेल्जियमसंग खेल्नेछ । नेपाली समयअनुसार राति १ः३० बजे सुरु हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा रहनेछन् । पहिलो चरणको खेलमा जित निकालेका दुबै टोली आज पनि सोहि लय कायम राख्ने योजनामा रहनेछन् । पहिलो खेलमा चेकले इस्टोनियामाथि ६–२ को जित निकाल्दा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको थियो ।
यही समूहको अर्काे खेलमा बेलारुस र इस्टोनिया आमने सामने हुनेछन् । यो समुहमा ईस्टोनिया दोस्रो र बेलारुस पहिलो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा फराकिलो हार भोगेको स्टोनिया दोस्रो खेलमा पहिलो अंक जोड्ने योजनामा छ । बेलारुस भने छनोटमा सुखद सुरुवातको योजनामा रहेको छ ।
आजै राती पोर्चुगलले सर्बिया तथा आयरल्याण्डले लम्बेम्वर्गको सामना गर्नेछन् । उपहार गोलमा पहिलो खेलमा विजयी भएको पोर्चुगल लगातार दोस्रो जितको खोजीमा रहेको छ । अन्य खेलहरुमा मोन्टेनेग्रो र जिब्राल्टर, नेदरल्याण्ड्स र लात्भिया, नर्बे र टर्कि तथा रसिया र स्लोभानिया आमने सामने हुनेछन् ।
त्यस्तै क्रोएसीया र साईप्रस तथा स्लोभाकिया र माल्छापनि एकअर्काबिरुद्ध मैदान उत्रनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?