
काठमाण्डौ । विश्वकप छनोट फुटबल अन्तर्गत कुवेतविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आज भएको खेलमा नेपाली टोली १–० ले पराजित भएको हो । यो हारसंगै नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने संभावना पनि सकिएको छ । अवे खेलमा ७–० को फराकिलो हार भोगेको नेपालले दोस्रो खेलमा भने निक्कै उत्कृष्ट खेल पस्केको थियो । शारिरीक रुपमा समेत बलियो रहेको कुवेतबिरुद्ध नेपालले केहि राम्रा अवसर पाएपनि तीनको सदुपयोग गर्न सकेन् । कुवेतको जितमा खेलको २८ औं मिनेटमा कप्तान बदर अल मतवाले गरेको गोल निर्णायक बन्यो । उनले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन् । नेपालले घरेलु मैदानमा गर्न नसकेपछि होम खेलका रुपमा भुटानमा कुवेतसंग प्रतिस्पर्धा गर्नु परेको हो ।
