Logo

विश्वकप छनोटको दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेईसंग खेल्ने

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेईसंग प्रतिस्पर्धा गर्दैछ । ताईपेईको घरेलु मैदानमा अपरान्ह ४ बजेर ५५ मिनेटमा दुई राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा पराजित भएका दुबै टोली दोस्रो खेलमा जित निकाल्दै छनोट यात्रामा पहिलो जित निकाल्ने योजनामा रहेका छन् ।
नेपाली टोलीका प्रशिक्षक योहान कालिनले ताईपेईबिरुद्धको खेलमा स्पष्ट अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रने बताए । यसअघिका गल्तीलाई सुधार्दै स्वभाविक खेल खेल्दै जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदान उत्रने उनको भनाई छ ।
पहिलो खेलमा नेपाल कुवेतसंग तथा चाईनिज ताईपेई जोर्डनसंग पराजित भएको थियो । फिफा बरियतामा नेपाल १ सय ६६ र ताईपेई १ सय २५ औ स्थानमा रहेकाले नेपालमाथी केहि दबाव रहेको छ । यद्यपी गत जेठमा भएको मैत्रीपुर्ण खेलमा एक एकको बराबरीको नतिजा निकालेको नेपाल, त्यस्तै प्रर्दशनको अपेक्ष्ाँमा रहेको छ । ताईपेईबिरुद्ध नेपाली टोली किरण चेम्जोङकै कमानीमा मैदान उत्रनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?