Logo

विश्वकप छनोटको खेलमा ब्राजिल अपराजित

ई-खेलकुद २०७८ जेठ २२ , शनिबार ०८:०६ मा प्रकाशित

एजेन्सी । कतारमा अर्को बर्ष हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित हात पारेको छ । आज बिहान भएको खेलमा ब्राजिलले ईक्वेडरलाई २–० गोल अन्तरले हराएको हो । उसलाई सहज जित दिलाउन रिचार्लीसन र नेयमारले गोल गरे । पहिलो हाफ  गोलरहित बराबरीमा सकिएको खेलको ६५ औ मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको ईन्ज्युरी समयमा पाएको पेनाल्टिको अवसरलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई २–० को जित दिलाए ।
खेलमा ईक्बेडरलाई अधिकांश समय ईक्वेडरलाई दबावमा राखेको बाजिलका थप आधा दर्जन अवसर खेर गएको थियो ।
छनोटमा शतप्रतिशत नतिजासहित ब्राजिल १५ अंकमा शीर्ष स्थानमा छ । ईक्वेडर ९ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?